चुनावपछि आज खुलेको सेयर बजारमा दोस्रो सकारात्मक सर्किट ब्रेक लागेको छ।
साताको पहिलो कारोबार दिन नेप्सेमा ५ प्रतिशतले बढेर दोस्रो सकारात्मक सर्किट लागेको छ, जसका कारण कारोबार ४० मिनेटका लागि स्थगित गरिएको छ। बजार उल्लेख्य अंकले बढेर २८ सय ४८ को विन्दुमा पुगेको छ। दोस्रोपटक बजार खुलेको १० सेकेन्डमै सर्किट लाग्ने गरी तीव्र उछाल आएको हो।
यसअघि ४ प्रतिशत बढेर पहिलो सर्किट लाग्दा २० मिनेट कारोबार बन्द भएको थियो।
सकारात्मक सर्किटका चरणहरू:
यो तीव्रताले सेयर बजारमा लगानीकर्ताको उच्च उत्साह र खरिद चाप देखाएको छ । नेप्से अब १२:०१ मिनेट पछि फेरी खुला हुनेछ।