
सुपरमाई हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना कम्पनीका शेयरधनीहरुमा वितरण गर्ने लाभांश सुरक्षित गर्ने आज फागुन १२ गते अन्तिम दिन रहेको छ।
प्रस्तावित लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन्।
कम्पनीले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ दशमलव ११ प्रतिशत नगद गरि कुल २१ दशमलव ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको ११ औँ वार्षिक साधारणसभा यही फागुन १७ गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।